![](https://maitinepal.org/wp-content/uploads/2022/07/294055653_5454563974567092_7421745668100921756_n-1024x682.jpg)
महिला प्रहरी अधिकारीहरुको बधाई तथा सम्मान कार्यक्रम माइती नेपालको संस्थापक एवं अध्यक्ष श्री अनुराधा कोइरालाको अध्यक्षतामा सम्पन्न गरियो ।
कार्यक्रममा उपस्थित सहभागीहरुलाई माइती नेपालका कार्यकारी निर्देशक श्री बिश्व राम खड्काज्यूले स्वागत गर्दै महिला प्रहरी अधिकारीहरुको हालै नेपाल प्रहरीमा भएको पदोन्नतीले सम्पुर्ण नेपाली महिलाहरुको शिर उच्च भएको र आगामी दिनहरु अझै सफल हुदै जाने सुनिश्चित रहेको समेत जानकारी गराउनु भयो ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरिक्षक श्री पूजा सिंहले नेपाल प्रहरीमा आज महिलाहरुको स्थिति हिजोको दिनमा जस्तो नरहेर ७० वर्षको इतिहासमा उच्च पदहरुमा महिला प्रहरीहरुको एकै पटकमा पदोन्नती भई जिम्मेवारी सम्हाल्न पुग्नु नेपाल प्रहरीमा मात्र नभएर सम्पूर्ण महिलाहरुको लागि खुशीको क्षण भएको र आगामी दिनमा सो भुमिका अझै बढेर जाने आशा व्यक्त गर्नु भयो ।
कार्यक्रममा ए.बि.सी नेपालको संस्थापक अध्यक्ष श्री दुर्गा घिमिरेले बिगतमा महिला अधिकारको लागि ठूलो संघर्ष गर्नुपरेको र तिनै संघर्षको परिणामहरु बिस्तारै आउन थालेको समेत बताउनु भयो ।
कार्यक्रममा माननीय सपना प्रधान मल्ल, न्यायधिस, सर्बोच्च अदालत, नेपाल प्रहरीमा झै न्यायलको क्षेत्रमा पनि बरिष्ट अधिवक्ताको रुपमा महिलाहरुको पदोन्नति समेत थालनी भएकोले महिलाहरुको पहुँच बृद्धिको लागि अझै धेरै गर्नु बाँकी रहेको समेत जानकारी गराउनु भयो ।
राष्ट्रिय योजना आयोगका माननीय सदस्य श्री सलोनी सिंहले राष्ट्रिय योजना आयोगले महिलाहरुको शसक्तिकरणको लागि विभिन्न योजनाहरुलाई प्राथमिकता दिएको र मानव बेचबिखनको मुद्दालाई प्रारम्भि दिन दिनदेखि माईती नेपालेले उठान गरेकोले आगामी दिनहरुमा पनि मानब बेचबिखन न्यूनिकरणको लागि राष्ट्रिय योजना आयोगले प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
कार्यक्रममा माइती नेपालका बालबालिकाहरुले नृत्य प्रस्तुत गरी मनोरञ्जन समेत प्रदान गर्नुभयो ।
कार्यक्रमको समापन गर्दै माइती नेपालको सस्थापक एवं अध्यक्ष श्री अनुराधा कोइरालाले चेलिबेटी बेचबिखनको स्वरुप तथा गन्तव्य परिवर्तन भएको र यसलाई न्यूनीकरण गर्नको लागि फरक रणनीतिले अगाडि बढ्नुपर्ने आवश्यक्ता औँल्याउनु भयो । छोटो समयको निमन्त्रणामा यस कार्यक्रम सफल पार्न सहयोग गर्नुहुने सम्पूर्ण अतिथि तथा सहभागीहरुमा धन्यवाद प्रकट गर्दै जीवनको बांकी दिनहरु पनि मानब बेचबिखनको बिरुद्धमा लड्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।