Hon. Dr. Bimala Rai Paudyal, Minister for Foreign Affairs Nepal, visited Maiti, on 23rd January 2023 (9th Magh, 2079). Maiti Nepal Founder Mrs. Anuradha Koirala gave her a warm welcome along with the staff.
Maiti Nepal Executive Director Mr. Bishwo Ram Khadka made a presentation highlighting the present scenario of human trafficking, concerns of cross-border, internal, and transnational trafficking of women and girls, and challenges in the rescue and repatriation of the trafficked victims.
The Honorable Minister participated in a meeting with the Maiti Nepal team with a confabulation on the issues of many women and girls being victims of physical, sexual, and mental abuse due to unsafe and illegal migration. She has assured her support within her designation for proper coordination with different concerned organizations and authorities in Maiti Nepal’s fight against human trafficking. She has also noted Maiti Nepal’s suggestion to properly mobilize the implementation of the Supreme Court’s directive of Rapid Response Mechanism by the concerned stakeholders for the prompt rescue and repatriation of trafficked women and girls.
The Maiti Nepal family wholeheartedly would like to thank Hon. Dr. Bimala Rai Paudyal for visiting us and supporting our organization’s mission to eliminate human trafficking.
माननीय नेपालका परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल २०२३ जनवरी २३ (माघ ९ गते) माइती नेपाल भ्रमणका लागि आउनुभएको थियो । उहाँलाई माइती नेपालकी संस्थापक श्रीमती अनुराधा कोइराला लगायत कर्मचारीहरुले न्यानो स्वागत गर्नुभएको थियो ।
माइती नेपालका कार्यकारी निर्देशक विश्वराम खड्काले मानव बेचबिखनको वर्तमान अवस्था, महिला तथा बालिकाको सीमापार, आन्तरिक तथा अन्तर्राष्ट्रिय बेचबिखनका अवस्था र बेचबिखनमा परेका पीडितको उद्धार र स्वदेश फिर्ताका चुनौतीबारे प्रस्तुति दिनुभएको थियो ।
असुरक्षित र गैरकानूनी बसाइँसराइका कारण धेरै महिला तथा बालिकाहरु शारीरिक, यौन र मानसिक दुव्र्यवहारको सिकार भईरहेका विषयहरुमा माइती नेपालसँगको अन्तरक्रिया कार्यक्रममा माननीय मन्त्री सहभागी हुनुभयो । उहाँले माइती नेपालको मानव बेचबिखन विरुद्धको लडाईमा विभिन्न सरोकारवाला निकायहरुबीच उचित समन्वयका लागि आफुले हदै सम्मको सहयोग गर्ने आश्वासन दिनुभयो । उहाँले माइती नेपालले बेचबिखनमा परेका महिला तथा बालिकाको शीघ्र उद्धार र स्वदेश फिर्ताका लागि सम्बन्धित सरोकारवालाहरुबाट र्यापिड रेस्पोन्स मेकानिज्मको सर्वोच्च अदालतको निर्देशनको कार्यान्वयनलाई यथासक्दो छिटो उचित रुपमा परिचालन र कार्यान्वयन गर्न दिएको सुझावलाई पनि ध्यान-आकर्षण गर्नुभएको छ।
माननीय डा. विमला राई पौड्यालले हामीलाई भेटेर मानव बेचबिखन उन्मूलन गर्ने हाम्रो संस्थाको अभियानमा सहयोग गर्नुभएकोमा सम्पूर्ण माइती नेपाल परिवार हार्दिक धन्यवाद दिन चाहन्छौं ।