माईती नेपाल कञ्चनपुर अन्तर्गत दोधारा चाँदनी नगरपालिकामा गठन भएको सुरक्षित संजालले दोधारा चाँदनी नगरपालिकाका ग्रामिण क्षेत्रमा बसोबास गर्ने स्थानियहरुलाई जागरुक बनाउने कार्य गरिएको सुरक्षित संजाल दोधारा चाँदनीका संयोजक खिमा चन्दले जानकारी दिएका छन् । हाम्रो आवाज चेलिबेटी वेचविखनबाट मुक्त समाज भन्ने नारा सहित माईती नेपाल कञ्चनपुरको सहयोग र सुरक्षित संजालको आयोजनामा दोधारा चाँदनी नगरपालिका वडा नं. ३ बडवाल टोलका स्थानियहरुलाई मानव बेचबिखन तथा ओसार पसार बिरुद्ध जनचेतना फैलाउदै घरदैलो कार्यक्रम सम्पन्न गरेको छ् । ग्रामिण भेगका स्थानियहरुलाई मानव वेचविखन विरुद्ध संवेदनशील हुन आग्रह गर्दै समुदाय स्तरमा जनचेतना अभिबृद्धि गर्ने उद्धेश्यले घर दैलो कार्यक्रम गरिएको सुरक्षित संजाल दोधारा चाँदनीका संयोजक चन्दले बताएका छन् ।