तिनै तहको सरकार मानव बेचबिखन विरुद्धको सरोकार’ भन्ने मूल नाराका साथ मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १६औं राष्ट्रिय दिवस सर्लाहीमा पनि विभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ।
सो अवसरमा माइती नेपाल आवधिक गृह सर्लाहीले सदरमुकाम मलंगवामा र्यालीको आयोजना गरेको छ।आज(सोमबार)बिहान मलंगवा नगरपालिकाको वडा न-५ स्थित सर्लाही क्याम्पसबाट सुरु भएको र्याली शिवसागर चौक तथा सहिद चौक हुँदै जिल्ला प्रशासन कार्यालयको गेट अगाडी पुगेर।कोणसभामा परिणत भएको थियो ।
उक्त कोणसभामा मानव बेचबिखन सम्बन्धी वर्तमान स्वरुप तथा मानव बेचबिखन नियन्त्रणका लागि माइती नेपालले गरेका कार्य र उपलब्धिको विषयमा आयोजक संस्थाका सर्लाही जिल्ला इन्चार्ज अमीत यादवले स्पष्ट पार्नुभयो ।
उक्त र्यालीमा मलंगवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदी,वडा न-८ का वडाध्यक्ष मुकेश जयसवाल,सर्लाही क्याम्पस प्रमुख राजेश यादव लगायत नेपाल प्रहरीका प्रतिनिधि ,माइती नेपालका कर्मचारी र सरोकारवाला संस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो।