काठमाडौं । माइती नेपालको ३० औ वार्षिक उत्सव चैत्र १७ देखि २५ गतेसम्म विभिन्न कार्यक्रमहरु आयोजना गरी सम्पन्न भएको छ । चैत १७ गते मानव बिरुद्ध संगै हिडौं, प्रतिबद्ध रहौ, मानव बेचबिखन बिरुद्धको अभियानमा एक्यबद्धता जनाऔं भन्ने नाराको साथ माइती नेपालमा कार्यरत कर्मचारी र लाभन्वित व्यक्तिहरुको बीचमा आयोजना गरिएको Wakathon कार्यक्रम चुच्चेपाट्टीवाट चावहिल, जयबागेश्वरी, गौशाला हुदै माइती नेपालको कार्यालयमा प्रभावितहरुको लागि खाद्यान्न सामाग्री वितरण गरी सम्पन्न भएको थियो ।