मानव बेचविखनविरुद्धको एकदिने अभिमुखीकरण कार्यक्रम भैरहवामा सम्पन्न भएको छ । सामुदायिक विद्यालयका सामाजिक विषयका शिक्षक शिक्षिकाहरुका लागि सो अभिमुखीकरण गरिएको हो । कार्यक्रममा सिद्धार्थनगरभित्रका १७ वटा विद्यालयका शिक्षक–शिक्षिकाहरुको सहभागिता रहेको थियो ।
मानव बेचविखन तथा ओसारपसार नियन्त्रण स्थानीय समिति सिद्धार्थनगर नगरपालिकाको आयोजना तथा माइती नेपाल भैरहवाको सहयोगमा कार्यक्रम भएको हो ।
सिद्धार्थनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख चेतनशील लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख उमा अधिकारीको आतिथ्यता रहेको थियो । कार्यक्रममा मानव बेचविखन तथा ओसारपसारका बारेमा विद्यमान अवस्थाका बारेमा माइती नेपाल भैरहवाका प्रमुख माया क्षेत्रीले प्रस्तुतीकरण गरेकी थिइन् । नगरपालिका शिक्षा शाखा अधिकृत जाह्नवी पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।