काठमाडौं– महिला तथा बालबालिका बेचबिखनविरुद्ध काम गर्ने नेपाली संस्था माइती नेपालले ३० औं वार्षिकोत्सवको पूर्व सन्ध्या पारेर बिहिबार वाकाथन कार्यक्रम आयोजना गरेको छ ।
यही चैत २४ गते बिहिबार ३० औं वार्षिकोत्सव कार्यक्रम मनाइरहेको माइती नेपालले साताव्यापी कार्यक्रम अन्तर्गत बिहिबार वाकाथन कार्यक्रम आयोजना गरेको हो ।