१४ वर्षीया नेपाली बालिकाको भारतमा सुरक्षित उद्धार
कास्कीबाट हराएकी १४ वर्षीया नेपाली बालिका भारतको तेलंगाना राज्यस्थित खम्मम सहरबाट सुरक्षित रूपमा उद्धार भएकी छिन्।
बालिका अभिभावकको सहमतिबिना भारत पुगेको सूचना प्राप्त भएपछि उनको सुरक्षालाई ध्यानमा राख्दै माइती नेपालले Association for Voluntary Action सँग आवश्यक समन्वय गर्यो र माइती नेपालबाट प्राप्त सूचना र Association for Voluntary Action को समन्वयमा Railway Protection Force (RPF) तथा Government Railway Police Station, Khammam, Telangana को संयुक्त प्रयासबाट बालिकालाई सुरक्षित रूपमा फेला पारी उद्धार गरियो।
हाल बालिका सुरक्षित छिन् र आवश्यक प्रक्रिया पूरा गरी संरक्षणका लागि भारतको Child Welfare Committee मा उनको सिफारिस गरिनेछ।
बालिकाको सुरक्षित उद्धारका लागि तत्काल समन्वय र सहयोग गर्नुहुने Association for Voluntary Action, Railway Protection Force (RPF), तथा Government Railway Police, Khammam, Telangana प्रति माइती नेपाल हार्दिक आभार व्यक्त गर्दछ।
बालिकाको नेपाल फिर्तीलाई सुरक्षित र सहज बनाउन माइती नेपालले सम्बन्धित निकायहरूसँग निरन्तर समन्वय गर्नेछ।
बालबालिकाको सुरक्षा र संरक्षण हाम्रो साझा प्रतिबद्धता। 🤝
#MaitiNepal #EndHumanTrafficking #Rescue #ChildProtection #GirlsProtection
