MAITI NEPAL

Standing with Flood-Affected Mothers and Children in Nuwakot

नुवाकोटका बाढी प्रभावित आमा तथा बालबालिकालाई सहयोग

अक्टोबर ८ मा माईती नेपालले नुवाकोटको विदुर नगरपालिका–५ स्थित चार वटा अस्थायी आश्रयस्थलमा बाढी प्रभावित आमा तथा बालबालिकाका लागि ९७ राहत सामग्री प्याकेज वितरण गरेको छ। जसमध्ये सात प्याकेज गर्भवती महिलाहरूका लागि विशेष आवश्यक पर्ने सामग्री, १२ प्याकेज स्तनपान गराइरहेका आमाहरूका लागि आवश्यक सामग्री र बाँकी प्याकेज विभिन्न उमेर समूहका बालबालिका भएका आमाहरूलाई उनीहरूको विशेष आवश्यकता सम्बोधन गर्ने उद्देश्यले वितरण गरिएको थियो।

स्थानीय जनप्रतिनिधि तथा स्वयंसेवकसँगको समन्वयमा माईती नेपालले विस्थापित परिवारलाई सहयोग गर्दै महिला तथा बालबालिकाको सुरक्षा, स्वास्थ्य र विशेष आवश्यकतालाई प्राथमिकता दिँदै आएको छ।

हरेक प्रभावित परिवारको सुरक्षा, सम्मान र हेरचाहका लागि हामी प्रतिबद्ध छौँ।

Standing with Flood-Affected Mothers and Children in Nuwakot

On 8 October, Maiti Nepal distributed 97 relief packages across four holding centres in Bidur-05, Nuwakot, to support flood-affected mothers and children. Of these, seven specialised care packages were provided to pregnant women, 12 essential care packages to breastfeeding mothers, and the remaining packages to mothers with children of different age groups, addressing their specific needs during this challenging time.

In coordination with local authorities and community volunteers, Maiti Nepal continues to support displaced families, with a focus on the safety, well-being, and specific needs of women and children.

Together, we stand for safety, dignity, and care for every affected family.

#MaitiNepal #FloodRelief #Nuwakot #WomenAndChildren