आन्तरिक मानव बेचबिखन विरुद्ध समन्वय र सहकार्य अझ सुदृढ बनाउँदै।
माइती नेपालले प्रहरी परिसर भद्रकालीसँगको साझेदारीमा आन्तरिक मानव बेचबिखन रोकथाम तथा नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा OCMC, नेपाल प्रहरी, सरकारी वकिल कार्यालय तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। माइती नेपालको तर्फबाट अधिवक्ता उमा तामाङले प्रस्तुतीकरण गर्नुभयो।
कार्यक्रमको उद्देश्य बालिका तथा मानव बेचबिखन पीडितको उद्धार, संरक्षण र पुनर्स्थापनाका लागि सरोकारवाला निकायबीच प्रभावकारी समन्वय, मनोरञ्जन क्षेत्र तथा मसाज सेन्टरहरूको निगरानी, बालश्रम तथा शोषण रोकथाम, र संयुक्त उद्धार अभियानलाई सुदृढ बनाउनु थियो।
माइती नेपालको २०२५ को तथ्यांकअनुसार आन्तरिक बेचबिखनबाट उद्धार गरिएका ३३७ जनामध्ये ४४% बालबालिका थिए। उद्धार गरिएकामध्ये ८६% मा कुनै न कुनै प्रकारको लागू पदार्थ वा मदिरा सेवन दुर्ब्यसनमा परेको भेटीएको छ भने २ जना मा HIV पोजिटिभ र ७ जना मा सिफिलिस देखिएको तथ्यले स्वास्थ्य तथा मनोसामाजिक सेवामा थप समन्वयको आवश्यकता देखाउँछ।
यसै सन्दर्भमा कार्यक्रमले OCMC सेवालाई थप प्रभावकारी बनाउन, १४ वटै प्रहरी वृत्त, OCMC तथा सरकारी निकायबीच उद्धार, प्रमाण संरक्षण, कानुनी न्याय, मनोसामाजिक सहयोग र संयुक्त कारबाहीलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरियो। साथै, OCMC सेवामा फरेन्सिक चिकित्सकको पहुँच विस्तारका लागि पहल गर्ने विषयमा समेत सहमति भएको छ।
MaitiNepal #EndHumanTrafficking #StopTrafficking



