MAITI NEPAL

Hope Restored: Three Nepali Girls Rescued from Kolkata’s Red-Light District

माइती नेपालको सूचनाका आधारमा २४ मे २०२६ मा कोलकाता प्रहरीको एन्टी ह्युमन ट्राफिकिङ युनिट तथा बर्टोला प्रहरी स्टेशनद्वारा सञ्चालन गरिएको रेड मार्फत कोलकाताको रेड लाइट क्षेत्रमा यौन शोषणमा परेका तीन जना नेपाली महिला र नाबालिकाको सफल उद्धार गरिएको छ। द्रुत कारबाही तथा समन्वयका लागि हामी कोलकाता प्रहरीप्रति हार्दिक आभार व्यक्त गर्दछौं।

उद्धार गरिएका बालिकाहरूको सुरक्षित स्वदेश फिर्ता सुनिश्चित गर्न माइती नेपालले नेपाल सरकारका सम्बन्धित निकायहरूसँग आवश्यक समन्वय र सहकार्य गरिरहेको छ ।

यो उद्धार माइती नेपालले नुवाकोटको घ्याङफेदीबाट कोलकातासम्म बालिका तथा युवतीहरूको निरन्तर भइरहेको बेचबिखनको प्रवृत्तिलाई सम्बोधन गर्न चलाएको अभियान को नतिजा हो। उक्त अभियान माइती नेपालको अनुसन्धान तथा यसअघि उद्धार भई माइती नेपालको संरक्षणमा रहेका बालिका तथा युवतीहरूबाट प्राप्त सूचनाका आधारमा सञ्चालन गरिएको थियो। मानव बेचबिखनमा संलग्न रहेको आरोपमा शोभा तामाङ पक्राउ परेकी छन्, जसले यसअघि पनि मानव बेचबिखनकै मुद्दामा दुई वर्षको कारावास सजाय भोगिसकेकी थिइन्।

हाम्रो अनुसन्धानले नुवाकोटमा पारिवारिक सम्बन्धहरूको प्रयोग गरी बालिकाहरूलाई फसाउने र ओसारपसार गर्ने सक्रिय सञ्जाल अझै कायम रहेको संकेत गरेको छ, जसले पुनः शोषणको जोखिम र निरन्तर असुरक्षाप्रति गम्भीर चिन्ता बढाएको छ।

हाम्रो जानकारीअनुसार शोभा तामाङ बाहेक पनि यस मानव बेचबिखन सञ्जालमा अन्य धेरै महिलाहरू संलग्न रहेको आशंका छ। यदि यस सम्बन्धमा तपाईंसँग कुनै जानकारी छ भने कृपया हामीलाई सम्पर्क गर्न अनुरोध गर्दछौं।

यो उद्धार अभियान चुनौतीरहित भने थिएन। अभियानका क्रममा कोठी सञ्चालकहरूले माइती नेपालको उद्धार सुपरभाइजर तथा उद्धारमा खटिएका प्रहरी अधिकारीहरूमाथि शारीरिक आक्रमण गरेका थिए, जसबाट उहाँहरू घाइते हुनुभएको छ। यस्ता चुनौतीका बाबजुद पनि प्रत्येक बालिका र महिलाले मर्यादा, सुरक्षा र आशासहितको जीवन जिउन सकून् भन्ने उद्देश्यसहित माइती नेपाल रोकथाम, उद्धार, पुनःस्थापना तथा पैरवी कार्यमा निरन्तर प्रतिबद्ध रहनेछ। 
समाचार: https://www.millenniumpost.in/nation/sex-trade-3-nepali-women-rescued-by-kolkata-police-661493


Three Nepali girls, including minors, have been successfully rescued from commercial sexual exploitation in Kolkata’s red-light district through a coordinated operation conducted on 24 May 2026 by the Anti Human Trafficking Unit of Kolkata Police and Burtolla Police Station, based on information provided by Maiti Nepal. We sincerely thank Kolkata Police for their swift action and coordination.

To ensure the safe repatriation of the rescued girls, Maiti Nepal is coordinating and collaborating with the relevant agencies of the Government of Nepal

This rescue follows Maiti Nepal’s long-term efforts to address the sustained pattern of trafficking of vulnerable girls from Ghyangfedi, Nuwakot to Kolkata. The operation was informed by Maiti Nepal’s investigation and information shared by previously rescued survivors. One alleged trafficker, Sobha Tamang, has been arrested and had previously served a two-year prison sentence for trafficking.

Our investigation indicates an ongoing trafficking network in Nuwakot that uses family and community connections to recruit girls, raising concerns about re-victimization and continued vulnerability.

We believe several other women are also involved in this trafficking network beyond Sobha Tamang. If you have any information related to this matter, we kindly request you to share it with us.

The rescue operation was not without risk. Maiti Nepal’s rescue supervisor and several police officers were physically attacked by brothel operators during the mission and sustained injuries. Despite these challenges, Maiti Nepal remains committed to prevention, rescue, rehabilitation, and advocacy so every girl can live with dignity, safety, and hope. 💙

Read more: https://www.millenniumpost.in/nation/sex-trade-3-nepali-women-rescued-by-kolkata-police-661493