भोटेकोशीमा आएको बाढीका कारण प्रभावित भई उद्धारपछि स्वयम्भूस्थित येलो गुम्बामा आश्रय लिइरहेका परिवार तथा समुदायका सदस्यहरूको संख्या बढ्दै गएसँगै शिविरमा गर्मीको समस्या पनि बढेको थियो।
उक्त अवस्थालाई ध्यानमा राख्दै, शिविरमा आश्रय लिइरहेका धेरै व्यक्तिहरूका लागि पंखाको आवश्यकता रहेको अनुरोध आएपछी पछि माइती नेपालले काठमाडौं जिल्ला प्रशासन कार्यालय र स्वयम्भू प्रहरीको समन्वयमा आवश्यक पंखाहरू उपलब्ध गराएको छ।
तत्कालीन आवश्यकताअनुसार राहत सामग्री तथा सहयोग उपलब्ध गराउँदै, प्रभावित समुदायको अवस्था र आवश्यकतालाई निरन्तर ध्यानमा राखी यस कठिन समयमा आवश्यक र उपयुक्त सहयोग पुर्याउन माइती नेपाल प्रतिबद्ध छ।
#माइतीनेपाल #EmergencyRelief #DisasterResponse #BhoteKoshi #Rasuwa #Nuwakot #Nepal



