MAITI NEPAL

Candle Lighting in Remembrance of Flood Victims

दिवंगत आत्माहरूको सम्झनामा दीप प्रज्वलन
भदौ १०, २०८३ मा आएको विध्वंसकारी बाढी तथा पहिरोमा परी ज्यान गुमाउनु भएका सम्पूर्ण दिवंगत आत्माहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरूको सम्झनामा आज, भदौ २२ गते साँझ ५:०० बजे माइती नेपालद्वारा गौशाला प्रहरी चौकी अगाडि दीप प्रज्वलन कार्यक्रम आयोजना गर्यो।

शोकको यस घडीमा दिवंगत आत्माहरूको स्मरण र सम्मानस्वरूप प्रज्वलित प्रत्येक दीपले उहाँहरूप्रतिको हाम्रो श्रद्धा, सम्मान र सम्झनालाई उजागर गरेको छ।

आफ्ना प्रियजन गुमाउनु भएका परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै, प्रभावित सम्पूर्ण परिवार तथा समुदायप्रति ऐक्यबद्धता प्रकट गर्दछौँ।

दिवंगत आत्माहरूप्रति हार्दिक श्रद्धाञ्जली।
उहाँहरूको आत्माले चिरशान्ति प्राप्त गरून्।