स्याफ्रुबेसी र टिमुरेबाट उद्धार गरिएका तथा हाल स्वयम्भूस्थित येलो गुम्बामा आश्रय लिइरहेका प्रभावितहरूलाई माइती नेपालले काठमाडौं जिल्ला प्रशासन कार्यालय र स्वयम्भू प्रहरीको समन्वयमा आकस्मिक खाद्यान्न तथा सरसफाइ सामग्री उपलब्ध गराएको छ।
तत्काल आवश्यक राहत सामग्री उपलब्ध गराउँदै गर्दा, प्रभावित समुदायका आवश्यकता र अवस्थालाई समेत ध्यानमा राखी यस कठिन समयमा उनीहरूलाई आवश्यक र उपयुक्त सहयोग उपलब्ध गराउन माइती नेपाल निरन्तर काम गरिरहेको छ।
रसुवा र नुवाकोट लामो समयदेखि माइती नेपालको कार्यक्षेत्रमा रहेका जिल्ला हुन्। यस संकटको अवस्थामा प्रभावित समुदायलाई सहयोग पुर्याउन हामी थप व्यापक राहत तथा सहयोगको तयारी गरिरहेका छौँ।
यसैगरी, प्रभावित क्षेत्रबाट उद्धार गरिएका बालबालिकाका लागि आपतकालीन आश्रयको व्यवस्था गर्न राष्ट्रिय बाल अधिकार परिषद् (NCRC) सँग समन्वय गरिरहेका छौँ।
यस कठिन घडीमा प्रभावित परिवार, बालबालिका तथा समुदायसँगै उभिनु हाम्रो साझा जिम्मेवारी हो।
#MaitiNepal #EmergencyRelief #Rasuwa #Nuwakot #ChildProtection #DisasterResponse #Nepal




