रसुवाको टिमुरेबाट उद्धार गरी स्वयम्भूस्थित येलो गुम्बाबाट मुस्ताङ गुम्बामा स्थानान्तरण गरिएका बाढी प्रभावित परिवारहरूको स्थानान्तरणकै दिन माइती नेपालले स्थलगत अवलोकन तथा आवश्यकता पहिचान गरेको थियो।
सोही दिन परिवारहरूलाई खाद्यान्न सामग्री र ग्यासको आवश्यकता रहेको पत्ता लागेपछि माइती नेपालले तत्कालै आवश्यक सामग्री उपलब्ध गराएको थियो।
आज, मुस्ताङ गुम्बामा आश्रय लिइरहेका करिब ३०० परिवारका लागि नुहाउने तौलिया र व्यक्तिगत कपडा तथा सामान राख्न ५०० थान प्लास्टिकका झोला उपलब्ध गराइएको छ।
परिवारहरूसँगको भेटघाटका क्रममा उनीहरूको अवस्था, बालबालिकाको आवश्यकता तथा सुरक्षित आश्रयको सम्भावनाबारे पनि छलफल गरिएको छ।
माइती नेपाल प्रभावित परिवार तथा बालबालिकाको अवस्था र आवश्यकतालाई निरन्तर ध्यानमा राख्दै, यस कठिन समयमा आवश्यक सहयोग तथा सुरक्षित वातावरण सुनिश्चित गर्न प्रतिबद्ध छ।
माइती नेपाल — संकटमा साथ, सुरक्षामा प्रतिबद्ध।
#Maitinepal #Floodrelief #EmergencyResponse #ChildProtection


