नुवाकोटका प्रभावित परिवारहरूसँग साथ, सहयोग र ऐक्यबद्धता
विपद्को कठिन समयमा प्रभावित परिवारहरूको दैनिक आवश्यकता पूरा गर्न माईती नेपालले नुवाकोटको बिदुर नगरपालिका वडा नं. १ का २५० प्रभावित परिवारहरूलाई राहत सामग्री उपलब्ध गराउँदैछ। यो सहयोग हाम्रो निरन्तर राहत प्रयासको एक हिस्सा हो, जुन हालै बाढी प्रभावित क्षेत्रहरूको भ्रमण गरी समुदायका आवश्यकता पहिचान गरेपछि अघि बढाइएको हो।
समुदायको तत्काल आवश्यकता र दैनिक जीवनलाई ध्यानमा राख्दै राहत प्याकेजमा सामान सुरक्षित राख्न मेटल ट्रंक, ब्ल्याङ्केट, तौलिया तथा कपडा, औषधि तथा स्वास्थ्य सामग्री, सरसफाइ तथा हाइजिन सामग्री, खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री, बाल्टिन तथा जग, साथै आमा र शिशु हेरचाहका सामग्रीहरू समावेश गरिएको छ।
विपद्को समयमा राहत केवल सामग्रीको सहयोग मात्र होइन, प्रभावित परिवारहरूलाई उनीहरू एक्लै छैनन् भन्ने अनुभूति दिलाउने साथ पनि हो। माईती नेपाल प्रभावित समुदायका आवश्यकता पहिचान गर्दै सहयोग र संरक्षणका प्रयासमा निरन्तर प्रतिबद्ध छ।
संकटको समयमा हातेमालो गरौँ, प्रभावित परिवारहरूको पुनःस्थापनामा साथ दिऔँ।
#MaitiNepal #Nuwakot #BidurWard1 #ReliefSupport #DisasterResponse #TogetherWeCan









