हालै आएको बाढी र पहिरोबाट प्रभावित नुवाकोटको बिदुर नगरपालिका वडा नं. ३, शिखालीमा माइती नेपालले स्थानीय समुदायका लागि आवश्यक राहत सामग्री सफलतापूर्वक हस्तान्तरण गरेको छ।
भदौ १५ गते राति १० बजे वडा नं. ३ का वडाध्यक्ष श्री बद्रीप्रसाद रिमालज्यूलाई अन्य वडा समिति सदस्यहरू तथा स्थानीयवासीहरूको उपस्थितिमा राहत सामग्री हस्तान्तरण गरिएको हो।
राहत सामग्रीमा तत्काल आवश्यक खाद्यान्न, लत्ताकपडा तथा दैनिक जीवनमा आवश्यक सामग्रीहरू समावेश छन्। खाद्यान्नतर्फ चामल, दाल, चिउरा, मकै, सातु तथा तत्काल खान मिल्ने तयारी खाद्य सामग्रीहरू जस्तै चाउचाउ, बिस्कुट, दालमोठलगायतका सामग्री उपलब्ध गराइएको छ। साथै, कपडा, चप्पल, स्लीपिङ ब्याग, सरसफाइ सामग्रीहरू जस्तै प्याड, साबुन, टूथब्रस, टूथपेस्ट, बाल्टिनलगायत टर्च तथा अन्य आवश्यक सामग्री पनि हस्तान्तरण गरिएको छ।
राहत सामग्री लिएर प्रभावित समुदायसम्म पुग्ने क्रममा पहिरो, बाढी तथा क्षतिका कारण अत्यन्त जोखिमपूर्ण बनेका सडकमार्ग पार गर्दै राहत सामग्री सफलतापूर्वक पुर्याइएको छ।
रसुवा र नुवाकोट लामो समयदेखि माइती नेपालको कार्यक्षेत्रमा रहेका जिल्ला हुन्। विपद्का समयमा प्रभावित समुदायको आवश्यकता अझ बढ्न सक्ने र महिला तथा बालबालिका थप जोखिममा पर्न सक्ने अवस्थालाई ध्यानमा राख्दै, माइती नेपालले तत्कालीन आवश्यकता पहिचान गरी राहत तथा सहयोगका प्रयासहरू निरन्तर अघि बढाइरहेको छ।
यस कठिन समयमा प्रभावित परिवार, बालबालिका तथा समुदायसँगै उभिनु हाम्रो साझा जिम्मेवारी हो।
माइती नेपाल प्रभावित समुदायको साथमा छ।
Maiti Nepal has handed over essential relief materials to the local community in Shikhali, Bidur Municipality Ward No. 3, Nuwakot, which was affected by the recent Bhotekoshi floods.
The relief materials were handed over to Ward Chairperson Mr. Badri Prasad Rimal on the evening of August 31 at 10 PM, in the presence of other ward committee members and local residents.
The relief package included essential food supplies, clothing, and items needed for daily living. Food supplies included rice, dal, chiura, corn, sattu, as well as ready-to-eat food items such as noodles, biscuits, and dalmoth. Clothing, slippers, sleeping bags, and sanitation materials including sanitary pads, soap, toothbrushes, toothpaste, and buckets were also provided, along with torches and other essential items.
While travelling to reach the affected communities with relief materials, our team crossed extremely dangerous roads made hazardous by landslides, floods, and extensive damage, and successfully delivered the relief supplies.
Maiti Nepal has worked in Rasuwa and Nuwakot for many years. Recognising that disasters can increase the needs of affected communities and place women and children at greater risk, Maiti Nepal continues to identify immediate needs and provide appropriate relief and support.
In this difficult time, standing alongside affected families, children, and communities is a shared responsibility.
Maiti Nepal stands with affected communities.
#MaitiNepal #FloodRelief #Nuwakot #DisasterResponse #CommunitySupport











